Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

30 Jul 2013

आन्दोलनमा विधायकहरुको राजिनामा नै प्रभावशालि हतियार - डा. छेत्री


कालेबुङ, ३० जुलाई|
शुरु मै लास्ट च्याप्टर लेखिँदैन| लास्ट च्याप्टर लास्टमै लेख्नुपर्छ
भन्दै आज मोर्चा प्रवक्ता डा पर्कबहादुर छेत्रीले दलको रणनीतिबारे केहिमात्रमा खुलासा गरेका छन्। 72 घण्टा पहाड बन्दको आज दोस्रो दिन यहाँको डम्बरचोकमा उपस्थित बनेका क्षेत्रीय विधायक एवम मोर्चा प्रवक्ता डा. छेत्रीले पत्रकारहरु संगको लामो कुराकानीमा आगमी दिनहरुमा आन्दोलन अझ तिब्र अनि प्रभावशाली बन्दै जाने प्रकारको मनाशय प्रकट गरेका छन्। तिनले
गोर्खाल्याण्ड आन्दोलनलाई प्रभावशाली बनाउन जीटीएको त्याग अनि विधायकहरूको राजीनामा महत्वपूर्ण रहने बताए| तेलेङ्गना राज्य गठन हुनैलागेको अवस्थामा पनि मोर्चाले यी दुइवटा महत्वपूर्ण हतियार निकाल्न अहिले नै उपयुक्त समय रहेको ठानेको छैन| मोर्चाका पार्टी प्रवक्ता एवं विधायक डा. हर्कबहादुर छेत्रीले आज एक भेटमा यस्ता आशय पोख्दै ठीक समयमा ठीक हतियारको प्रयोग गर्ने मोर्चाको रणनीतिबारे बताएका हुन् | उनीअनुसार, विधायकहरुको राजिनामा आन्दोलनको एउटा प्रभावशाली हतियार हो। जीटीए खारेज गर्नुभन्दा पनि विधायकहरूको राजीनामाले सरकार हल्लिन्छ| मोर्चाले सम्बन्ध तोड्नुपर्ने पनि अहिले राज्य सरकारसित हो| विधायकहरूको राजिनामाले केन्द्र हल्लाउनुपर्छ, नभनेको पनि राइटर्स हल्लिन्छ| यसो गर्नाले केही नभएपनि आन्दोलनको शंखघोष भने अवश्य हुने उनको भनाइ छ| ‘म त भन्छु जीटीए बादमा विधायक पहिला’-उनले भने| डा. छेत्रीको आशयअनुसार,  यसचोटिको खासै आन्दोलन भनेको ७२ घण्टे बन्दबाट हिजोदेखि मात्र शुरु भएकोले अहिले नै जीटीए खारेज गरिहाल्ने, विधायकहरूले राजीनामा दिइहाल्ने आवश्यकता छैन| जीटीए खारेज गर्ने सन्दर्भमा सोधिएको एक प्रश्‍नमा उनले उदाहरण दिँदै भने-आफूले लगाएको लुगाले ठण्डा छेक्दैन, बाक्लो लुगा चाहियो भन्ने लागेपछि बाक्लो लुगा तयार नभइञ्जेल आफूले लगाइरहेको लुगा खोलिहालेे शर्दीले मर्छ|’ यसैले मोर्चाले निःसन्देह जीटीए फ्यॉंक्ने तर जीटीएले काम गर्ननसक्ने प्रशस्तै प्रमाण जम्मा गरेपछि मात्र सम्भव रहेको उनले बताए| फेरि उनले अहिले मोर्चासित जीटीएले काम गर्न नसक्ने ठाउँ रहेको प्रशस्त प्रमाण आफूहरूसित रहेको पनि बताउन पनि पछि परेनन्| उनले अझ भनेअनुसार, तेलङ्गना राज्य यति हतार गरेर छिराउँछ भन्ने मोर्चालाई थाहा थिएन| हालैमा दिल्ली भ्रमणमा गएर केन्द्रिय नेतृत्व अनि सरकारसित नै कुरा गर्दा पनि तेलङ्गना राज्य अहिले नै गठन नगर्ने दिशामा सरकारले मोर्चालाई आश्‍वस्त पारेको थियो| ‘केन्द्रले हामीसित गुल्चे खेल्यो’-उनले भने, ‘तेलेङ्गना जस्तै छुट्टै राज्य माग्ने गोर्खाल्याण्डलाई अनदेखा गर्दै तेलेङ्गना राज्य गठन गर्ने भएपछि हामीले पनि दह्रो विरोध गर्नैपर्‍यो|’ तेलेङ्गना राज्य गठन हुँदा मोर्चालाई धेरै फाइदा रहेको अनि नहुँदा धैरै हानी हुने पनि उनले बताए| तेलेङ्गनालाई अलग राज्य बनाएर अन्य छुट्टै राज्य  चाहनेहरूको मागलाई दबाउन नै सरकारले अहिले विगतको आन्दोलनको तुलनामा शुरुमै धेरै शैन्य बल परिचालन गरेको उनले स्वीकारेका छन्| उनीअनुसार, बङ्गालको पञ्चायत चुनाउमा  तृणमूलको परिणाम केन्द्रले सोँचेभन्दा राम्रो भएकोले आगामी लोकसभा चुनाउको निम्ति भाजपा अनि कङ्ग्रेसको नजर ममताको करीब ३० वटा सासंदमाथि टिकेको छ| ममतालाई फकाउन केन्द्रकै सहायतामा गोर्खाल्याण्ड आन्दोलनलाई दबाउन हरसम्भव प्रयास गरिनसक्ने डा. छेत्रीले सम्भावना व्यक्त गरेका छन्| जीटीएपछि पहाड हॉंस्यो, त्यहॉं विकास भयो भनेर ममताले सन्देश दिन चाहिरहेको अवस्थामा जीटीएले केही नगरेको कुरा सार्वजनिक भएपछि मुख्यमन्त्री ममता व्यानर्जी खुबै रिसाएकी छन्| यसैकारण पनि मोर्चाले खुबै सतर्कताका साथ ठोस् रणकौशल तयार गरेर गणतान्त्रिक आन्दोलन गर्नुपर्ने उनले बताएका छन्| यदि यस्तो परिस्थिमा हिंसा भए सरकारले आन्दोलनलाई शैन्य बल लगाएर नै  दबाउने रणनीति अप्नाउनसक्ने विचार पोख्दै आन्दोलनले हिंस्रक मोड पटक्क लिनुनहुने उनले बताए|  देशमा नयॉं राज्य गठनहुनसक्ने परिस्थिति निर्माण भइसकेको आजको अवस्थामा विपक्षका दलहरू पनि कार्यक्रम लिएर सडकमा आउनुपर्ने उनको भनाइ छ| ‘यति बेला हो विपक्षी दलहरूले पनि आफ्नो उचाइ देखाउने अनि कार्यक्रम गर्ने’-उनले भने| मोर्चा कार्यक्रममा रहेकोले केन्द्रको नजरमा गोर्खाल्याण्ड आलो रहेको अनि अहिलेको बन्दले पनि केन्द्रमा दह्रो सन्देश गइरहेको पनि उनले दावी गरेका छन्| डुवर्सको परिणामलाई सकरात्मक बताउँदै पहिलोपल्ट करीब ५० वटा आसनमा मोर्चाले अनि झारखण्ड मुक्ति मोर्चासित मिलेर झण्डै एक सय वटा आसन जित्न सफल भएको उनको भनाइ छ| यसले गर्दा डुवर्समा आन्दोलन अनि मौजा अन्तर्भुक्तिमा धेरै फाइदा पुग्नेछ| मोर्चाले विजय हासिल गरेको ती दार्जीलिङसित जोडिएको क्षेत्रहरूलाई अन्तर्भुक्ति गर्ने दिशामा मोर्चाको माग रहने भएको छ| डुवर्सबासीले नै अब आन्दोलन डुवर्सबाट हुनपर्छ भनिरहेको भन्दै आन्दोलनले सठीक समयमा अवश्य नै डुवर्सलाई पनि छुने उनले बताएका छन्| ‘पञ्चायत चुनाउको परिणामले गर्दा डुवर्सको जमिन आन्दोलनको निम्ति मलिलो भएको छ’-डा. छेत्रीले भने|

0 comments: