Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

30 Jul 2013

सयुक्त कार्वाही मञ्चको तयारमा गोटाफो


कालेबुङ 30 जुलाई
गोर्खाल्याण्ड आन्दोलनलाई अझ तिब्र बनाउन गोर्खाल्याण्ड टाक्स फोर्सले अब चाडैनै मोर्चा लगायत गोर्खाल्याण्डपन्थी अन्यदलहरु लिएर जोइनट एकशन कमिटि गठन गर्ने निर्णय लिएको आज सञ्योजक आर. मोक्तानले जनाएका छन्।
गोटाफो राष्ट्रीय सञ्योजक मोक्तानले आज एउटा पत्रकारसम्मेलनको आयोजनागरि मोर्चाको 72 घण्टा पहाडबन्दको आज दोस्रोदिन आफुलगायत टोलीका अन्य प्रतिनिधिहरुले मोर्चा नेताहरु रमेश आले अनि कुमार चामलिङसंग भेटगरि आन्दोलनबारे आलोचना गरेको जनाएका छन्। आफुहरुले अघिबाटै जीटीए गोर्खाल्याण्डको निम्ति वाधाहुने कुरा गर्दै आइरहेको अनि अहिलेआएर मोर्चाले पनि उक्त कुरा स्वीकारे विषय मोर्चा तेतृत्वहरुसंगको भेटमा स्पष्ट भएको तिनको भनाइ छ। यसैले अहिले मोर्चाले सडकमा उत्रेर आन्दोलन गरिरहँदा आफुहरु चुप बसेर रमिता हेरिरहनु नहुने बताउँदै मोक्तानले अबउसो एउटा जोइन्ट एकशन कमिटि गठन गरेर आन्दोलनलाई अघिबढ़ाउने गोटाफोको चोस रहेको अवगत गराएका छन्। मोक्तानले भने - गोटाफोले सोचेको सयुक्त कार्वाही मञ्चमा मोर्चा, क्रमाकपा, भारतीय गोर्खा परिसंघ, गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा, अखिल भारतीय गोर्खा लीग लगायत स्मपूर्ण गोर्खाल्याण्डपन्थीदलहरु, संघ-संस्था अनि व्यक्तिविषेश आदि एउटै मञ्चमा आएर छुट्टै राज्यको मुद्धलाई अघिबढ़ाउन सहिढंगको रणनीति तयार पार्ने आफुहरुको अवधारणा रहेको छ। यसैले आगमी 1 अगष्टको दिन उक्त विषयमाथि छलफल गर्न गोटाफो अधिन्स्थदलहरुको एउटा महत्वपूर्ण बैठक सम्पन्न हुने तिनले जानकारी दिएका छन्। बैठकपछि सयुक्त कार्वाही मञ्चको अवधारणाबारे  जानकारी गराउन गोटाफोको एउटा टोलीले मोर्चा अध्यक्ष विमल गुरुङसंग भोट गर्ने भएको छ। छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको निम्ति सही रणनीति तयार पार्न पहाडका सबै राजनीतिकदलहरु एउटै मञ्चल्याउन गोटाफोले सक्रियरुपमा पहल शुरु गर्ने भएकोछ। 

0 comments: