Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

29 Jul 2013

दलहरु एकतामा आए मात्र छुट्टै राज्य समभाव - क्रामाकपा


कालेबुङ 27 जुलाई
क्रान्तिकारी मार्कसवादी कमन्युष्ट पार्टी(क्रमाकपा)ले आज कालेबुङ शहरको विभिन्न स्थानहरुमा पोष्टरिङ गर्दै एकतामा आए मात्र छुट्टै राज्य समभाव हुने मनाशय प्रकच गरेको छ। क्रमाकपाका कालेबुङ आञ्चलिक समितिका अध्यक्ष किशोर प्रधानको नेतृत्वमा दलका कार्यकर्ताहरुले यहाँको डम्बरचोक परिसरमा व्यापक पोष्टरिङहरु गरेका छन्। शहरमा पोष्टरिङ गर्न दलका कालेबुङ आञ्चलिक समितिका प्रवक्ता मोहन पौडयाल, गोक्रायुमो नेता सुदन प्रधान आदि पनि सडकमा उत्रेका थिए। पोष्टरिङमा एकताको कारणले गर्दै नै आज देशमा तेलङ्गना राज्य निर्माण हुन लागेको उल्लेख गर्दै छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति पनि पहाडका सबै दलहरु एउटै मञ्चमा आउन आवश्यक रहेको दलको आडान स्पष्ट पारेको छ।  तेलङ्गना राज्य निर्माण प्रक्रिया प्रति युपीए सरकारको विचारलाई क्रामाकपाले स्वागत जनाएको छ। यता पत्रकारहरुलाई सम्बोधन गर्दै क्रमाकपाका कालेबुङ आञ्चलिक समितिका अध्यक्ष किशोर प्रधानले शहिदहरुलाई श्रद्धाञ्जली दिन साथै हिजमात्र युपीए-टु ले तेलङ्गना राज्य निर्माणको निम्ति अन्तिम रुपदिएकोले आजको दिनलाई खुबै महत्वपूर्ण मान्न सकिने बताए। प्रधानले तेलङ्गना आन्दोलनका प्रतिनिधिहरुलाई वधाई दिँदै अब युपीए-टु सरकारले तेलङ्गना झै गोर्खाल्याण्डलाई पनि चरणबद्धरुपमा सरकार अनि पार्टी समक्ष राख्दै छुट्टै राज्य बनाउनु पर्ने बताएका छन्। गोर्खाल्याण्ड आन्दोलन गर्ने दलहरु आजसम्म पनि टुङ्गोमा पुग्न नसकेको बताउँदै तिनले तेलङ्गनाको आन्दोलनलाई उदाहरणको रुपमा लिनु पर्ने अपिल गरेका छन्। अन्तमा प्रधानले एकता नै आन्दोलनको मूल हतियार हो भन्ने विचार प्रकट गरेका छन्। 

0 comments: