Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

1 Aug 2013

बन्दबाटा दुइदिन छुट, बजार भिड


कालेबुङ 1 अगष्ट : गोर्खा जनमुक्ति मोर्चाको 72 घण्टा बन्दको कार्यक्रम पुरा भएपछि आजदेखि जनजीवन सामान्य भएको छ।
मोर्चालेदिएको दुइदिनको छुटको आज पहिलोदिन मानिसहरु
अस्तव्यस्त देखिए। दुइदिनको कठोर बन्दबाटा छुटपाए पछि कालेबुङवासीले आज राहतको स्वास फेरे। शहर पूर्णरुपले खुल्ला रहेको कारण आज बीहानैदेखि किन-बेच गर्ने मानिसहरुको भिड जमेको थियो। बिहिबार कालेबुङको हाट-बजार बन्दरहने चलन रहे तापनि बन्दको चपेटमा परेका मानिसहरु आज यहाँको हाट-बजारमा खाद्य सामाग्रीहरु जोहो गर्न भिड लागेका थिए। वषेशगरि खाद्य सामाग्री विक्रेता पसलहरुमा जनसाधरणको बढ़ी संख्या रहेको थियो। मोर्चाले बन्दबाटा कोवल दुइदिनको निम्ति मात्र छुट दिएको कारण आगमी दिनको पहाड बन्दको सामना गर्न मानिसहरु खाद्य सामाग्रीहरु किन्नमा निकै व्यस्त देखिए।
शहरभित्रको एटीएमहरुमा पनि पैसा निकाल्ने मानिसहरुको उत्तिकै भिडजमेको थियो। यहाँको मेनरोडमा अवस्थित स्टेट ब्याङ्क अफ इण्डियाको एटीएममा आज बिहानैदेखि मनिसहरु लाइनलागेर बसेका थिए। पैसा-रुपया कारोबारको निम्ति ब्याङ्क अनि पोष्टअफिस खुल्ला रहेता पनि एटीएममा जमेको भिडबाटा मनिसहरुले राहत पाउन सकेनन्। कालेबुङ शहरभित्र भएको विभिन्न ब्याङ्कका एटीएमहरुमा पनि मानिसहरु उत्तिकै भिडलागेर उभिरहेका थिए। अर्कोतिर कतिपय एटीएमहरु पैसा सकेर बन्द भएकोप्रति पनि मानिसहरुले आक्रोस प्रकट गरिरहेका थिए। एटीएमहरुमा देखा परेको मानिसहरुको भिडलाई केन्द्र गर्दै आज कालेबुङमा लाखौ रुपयाको कारोबार भएको अनुमान लगाउन सकिन्छ। अनि यसैको आधारमा बन्दको अवधीहुने नोक्सानको पनि सठीक आकडा निकाल्न सकिन्छ।
यता, बजार खुल्ला रहेको कारण यातायात सेवा सुचारु हरेको थियो। मोर्चाले दुइदिन भित्रमा बाहिरबाटा आएका पर्यटक अनि विध्यार्थीहरुलाई पहाड छोडीदिने अपिल गरेपछि आज कालेबुङबाटा बाहिर जाने यात्रीवहानहरुको कारण शहरमा पटक-पटक ट्राफिक समस्या पनि उत्पन्न भइरहेको थियो। बन्दावधी रित्तो रहेको यहाँको मोटर स्टयाण्डमा आज वहानहरुको संख्या दोबर रहेको थियो।
आजदेखि यहाँका शैक्षिक, व्यापारिक अनि वित्तिय संस्थानहरुमा कामकाज शुचारु भएको छ। यद्यपी यहाँका सरकारी कार्यलयहरु भने अचल रहे। दुइदिनको छुटपछि शनिबारदेखि मोर्चाले अनिश्चितकालिन बन्दको आह्वान गरेको कारण पहाड़बाहिराका विध्यार्थीहरु पनि आ-आफ्नो क्षेत्रमा फर्कन व्यस्त थिए। 

0 comments: