Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

28 Jul 2013

गोर्खाल्याण्ड आन्दोलन अघि बडाउँन जीटीए छोड्नेछु – बिमल गुरुङ

डी के वाइबा, गोरुबथान 28 जुलाई। “बिमल गुरुङले दुईवटा नाउँमा खुट्टा हाल्ने व्यक्ति होईन। मैले अब निर्णय गैसकेको छु गोर्खाल्याण्ड आन्दोलनलाई अघि बडाउँने। यसको निम्ति अब जीटीए पनि छोड्नेछु” उक्त कुरा गोजमुमो अध्यक्ष बिमल गुरुङले भनेका हुन। यहाँको सोम्बारे बजारमा आयोजित शिल्यान्यास कारक्रममा मुख्य रुपले उपस्थित रहेका मोर्चा अध्यक्ष गुरुङले आफ्नो सम्बोधनमा गोर्खाल्याण्ड आन्दोलनकै धेर कुरा गरे। यस अवधी तिनले सरकारले सञ्चालन गर्न दिएको जीटीए पूर्णरुपले फेल भएको घोषणा गर्दै अब गोर्खाहरुको एकमात्र लक्ष्य गोर्खाल्याण्डको निम्ति अघि बडने स्पष्ट घोषणा गरे। “यो जीटीए अब छोडीदिनेछौँ। हामी एकमात्र गोर्खाल्याण्डको निम्ति अब अघि बडेर लडन तयार छौँ। हाम्रो लडाई अब रोकिनेछैन। पछि फर्केर हेर्ने छैनौ। चाहे सरकारले गोलिनै किन नठोकोस यो लडाई रोकिनेछैन” तिनले आक्रोशित बन्दै भने। आफुहरुले छुट्टै राज्यको निम्ति जनतालाई कहिल्यै धोका नदिएको बताउँदै सरकारले नै धोका दिने कार्य गरेको तिनले दाबी गरे। अबको आन्दोलनमा पहिलेको जस्तो सहज नहुने बताउँदै यहाँ शहिदहरुको संख्या बडन सक्ने सम्भावना समेत प्रकट गरे। यसको निम्ति तिनले सम्पूर्ण भातृसंगठनहरु तयारी भएर बस्ने निर्देश दिएका छन। छुट्टॅइ राज्य प्राप्तिको निम्ति अब तेस्रो चरणको आन्दोलन शुरु भईसकेको घोषणा गर्दै यस तेस्रो चरणको आन्दोलनको पहिलो 72 घण्टे बन्द कार्यक्रम कठोर रुपमा पालन गर्नु पर्ने तिनले निर्देश दिए। “यो बन्द कठोर हुनपर्छ। सडकमा हाम्रो मान्छे निस्केको हुनपर्छ। कुकुर बिरालो पनि सडकमा हिड्न नपाओस” बिमल गुरुङले स्पष्ट भने। तिनले जीटीएको चौकिमा बसिरहेको छुट्टै राज्य प्राप्त गर्न नसक्ने बुझेकै कारण अब यसलाई छोडेर नै आन्दोलनको निम्ति आफु मैदानमा उत्रिएको स्पष्ट बताएका छन। यसको निम्ति युव विद्यार्थी मोर्चाले सहयोग दिनुपर्ने तिनले आह्वान गर्दै यसपालीको आन्दोलनमा पटक्क सम्झौता नहुने दाबी गरे।
सोम्बारे बजारमा आयोजित जीटीएको शिल्यान्यास कार्यक्रमको पहिलो सत्रमा जीटीए पर्यटन बिभागका सभासद दावा लेप्चाको बाहुलिबाट बस स्ट्याण्ड, बनभोज स्थल, गोरुबथान हाई स्कूलको सिल्यान्यास सम्पन्न भयो। यसै कार्यक्रममा तिनले दालिम फोट अतिथि गृहको पुन: उद्धारको पनि शिल्यान्यास गरे। दोस्रो सत्रमा भने मोर्चा प्रमुख गुरुङले सम्बोधन राख्दै गोर्खाल्याण्ड आन्दोलनलाई अघि बडाउँने घोषणा गरे। यस अवसरमा कार्यक्रमलाई पी अर्जुन, तिलक चन्द्र रोका, तेन्हाङ राईले पनि सम्बोधन गरे। कार्यक्रममा मोर्चा समर्थकहरुको व्यापक भीड जमेको थियो।

0 comments: