Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

29 Jul 2013

राजमार्ग अवरोध गर्दा दशजना मोर्चा कार्यकर्ता पक्राउ


कालेबुङ 29 जुलाई
31 ए राष्ट्रीय राजमार्ग बन्द गरेको आरोपमा आज पुलिसले 10 जना मोर्चा कार्यकर्ताहरुलाई पक्राउ गरेकोछ। राष्ट्रीय राजमार्गको रम्बी परिसरमा सडकमा उत्रेर बन्द पालन गरिरहेका मोर्चा कार्यकर्ताहरुलाई रम्बी पुलिसले पक्राउ गर्दा क्षेत्रमा निकै तनाउ उत्पन्न भएको थियो।
राजमार्ग अवरोध गरेको आरोपमा रम्बी पुलिसले मोर्चा रम्बी शाखाका अध्यक्ष एमबी सिंग, उपाध्यक्ष शार्के छेत्री, युवा मोर्चा अध्यक्ष जीतेन छेत्री लगायत कार्यकर्ताहरु भीम प्रधान, मनबहादुर छेत्री, योगेश विश्व, देवेन्द्र खाती, दावा राई, भाष्कर हाङ सुब्बा, कुन्दन वसोर गरि कुल दशजना मोर्चा समर्थकहरुलाई पक्राउ गरेको छ। पक्रापर्ने मोर्चा कार्यकर्ताहरु विरुध कालेबुङ पुलिसले सामुहिक दुषकर्म, पुलिस अधिकारीहरुलाई दुर्व्यवहार गरेकोमा भारतीय डण्डसाहिताको 143, 186, 183 अनि 506 धारा अर्न्तगर्त मुद्धा दर्ता गरेको छ भने राजमार्ग अवरोध गरेकोमा राजमार्ग कानुन अन्तगर्त 8बीको गैर-जमानति मुद्धा पनि जोडिदिएको पुलिस शुत्र मार्फत थाहा लागेको छ। यी 10 जना मोर्चा कार्यकर्ताहरुलाई आजनै यहाँको एसीजेएम कोर्टमा पेस गरिने जानकारी प्राप्त भएको छ।
अकोर्तिर , बिहान 6 बजेदेखिमात्र बन्द शुरुहुने मोर्चा प्रतिनिधिहरुले घोषणा गरे तापनि बीहान लगभग साडेपाँ तिर कतिपय अज्ञ्यात व्यक्तिहरुले मल्ली चेकपोष्ट नजिक SK01-P7674 नम्बर भएको एउटा वाइक जलाएर खाक पारेको जानकारी प्राप्त भएको छ।
वाइकको मालिक को हो सो थाहा नलागे तापनि शुत्रबाटा थाहालागे अनुसार वाइक चालक सिक्किमगामी वहानमा चडेर घटनास्थलबाटा मुक्त भएका थिए। यसरीनै दोस्रो आगजनिको घटना रम्फू चेकपोष्ट अर्न्तगर्त मामखोलादेखि रम्फूतिर गइरहेको एउटा वहानमा भएको छ।
SK 01 J 2560 नम्बर भएको उक्त वहानलाई कतिपय अज्ञ्यात मानिसहरुले 13 ए राष्ट्रीय राजमार्गको मामखोला नजिक रोक्दै चालक राजु मङ्गरलाई हतियार देखाएर धम्काउँदै तिनकै अघि गाडी जलाई दिएको थियो। गाडी जलाउने दुषकर्मीहरुले तिनको मोबाइल अनि पर्ससम्मेत लगेको पीडित चालकको भनाइ छ।
चालक मङ्गरले घटनाको सबै विवरण दिँदै रम्फू थानामा प्रथमिकी दर्ता गरेका छन् ।


0 comments: