Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

30 Jul 2013

गोर्खाल्याण्डको नाममा युवा कार्यकर्ता मंगल सिग राजपुतद्वारा आत्मदाहको प्रयास


कालेबुङ 30 जुलाई
आफ्नै शरिरमा आगो झोसेर जय गोर्खा जय गोर्खाल्याण्डको नारा लगाउँदै आज दिउँसै एकजना मोर्चा कार्यकर्ताले गोर्खाल्याण्डको मागमा आत्मादह गर्ने प्रयास गरे। मोर्चाको 72 घण्टे पहाड बन्दको आज दोस्रो दिन होमस निवसी मंगल सिंग राजपुतले शरिरमा आगो झोसेर गोर्खाल्याण्डको नाममा आत्मादह गर्ने प्रयास गरेका हुन। तिनी गोर्खा जनमुक्ति मोर्चा होमस सी शाखाका युव मोर्चा अध्यक्ष पनि हुन।
आज दिउँसो मोर्चा नेतृत्व अनि कार्यकर्ताहरु पिकेटीङको निम्ति डम्बरचोकमा बसिरहेका समय शरिरमा आगो झोसेर गोर्खाल्याण्डको नारा लगाउँदै मंगल सिंग आचानक यहाँको डीएस गुरुङ रोडबाटा कुदेर डम्बरचोकमा आएका थिए। जय गोर्खा जय गोर्खाल्याण्डको नारा संग-संगै तिनको शरिरमा आगो दन्किरहेको थियो। उक्त दृष्य देख्नसात डम्बरचोकमा उपस्थित मोर्चा कार्यकर्ताहरुले तिनको शरिरमा दन्किरहेको आगोलाई नियन्त्रणमा ल्याउँदै मंगल सिंगलाई आत्मदाह गर्नबाटा बचाए। लगभग 30 मिनट भित्रमा कार्यकर्ताहरुले तिनको शरिरको आगो निभाइ सक्दा मंगल सिङ अचेत अवस्थामा पुगिसकेका थिए। त्यसपछि लगतै तिनलाई कार्यकर्ताहरुले उपचारको निम्ति यहाँको महकुमा असप्तालमा पुर्याए। असप्तालमा तिनको प्रथमिक उपचार गरियो। चिन्तजनक अवस्थामा रहेको मंगल सिंगको स्वस्थ्यलाई ध्यानमा राख्दै असप्तालका डाकटरहरुले तिनलाई उपचारको निम्ति सिलगढ़ी रेफर गरेका छन्। यता कालेबुङ असप्तालका एसडीएमओ डा. सोनाम भोटीयाले दिउँसोको करिब साँडेएक बजेतिर मंगल सिंग राजपुतलाई गम्भिर अवस्थामा असप्ताल ल्याइपुराएको जनाउँदै तिनको शरिरको गलभल 75 प्रतिशत भाग आगोले ढ़डेको बताएका छन्। तिनको अवस्था एकदमै सोचनिय रहेकोले गर्दा तिनलाई सिलगढ़ी स्थानतरण गरेको डा. भोटीयाले जानकारी गराएका छन्। आफ्नो दलका कार्यकर्ता मंगस सिंग राजपुतको शररिक अवस्था जान्न घटनास्थलदेखि नै मोर्चा नेताहरु रमेश आले, निमा तामाङ, आरबी भुझेल, विध्यार्थी मोर्चा नेता दिप थापा, दिपेन थापा आदि तिनको साथमा थिए।
यता मंगल सिंगको आत्मादह गर्ने प्रयासको घटनाले कालेबुङ शहरमा  तनाउपूर्णस्थिति उत्पन्न भएको थियो। छुट्टैराज्य गोर्खाल्याण्डप्रति कार्यकर्ता मंगल सिंगको उत्सर्ग देखेर दलका नेतृत्वगण अनि कार्यकर्ताहरु निकै गम्भिर मुडमा देखिए। कार्यकर्ता मंगलको अवस्थाबारे जानकारी लिन असप्ताल आइपुगेका मोर्चा नेता रमेश आलेले पत्रकारहरुसंग कुराकानी गर्दै गोर्खाल्याण्ड आन्दोलनमा युवाहरुले इतिहास लेख्न शुरु गरेको बताए। कार्यकर्ता मंगलको छुट्टै राज्य प्रतिको उत्सर्गलाई कदर गर्दै अब सम्पूर्ण पहाडवासी सडकमा उत्रेर गोर्खाल्याण्डको आन्दोलनमा सहभागी बनिनु पर्ने तिनले अपिल गरे। यसरी नै युवा मोर्चा नेता निमा तामाङ, वालकृष्ण थापा अनि विध्यार्थी मोर्चा नेता दिप थापाले पनि युवा कार्यकर्ता मंगल सिंगको छुट्टै राज्य प्रतिको आत्मसमर्पणको मुल्याङ्कन गर्दै सबै युवाहरु यडकमा उत्रेर आन्दोलनलाई सहयोग पुर्याउनु पर्ने बताएका छन्। मोर्चा नेता निमा तामाङले भने – आन्दोलनको जिम्मेवारी युवा अनि विध्यार्थी मोर्चामाथि भएको हुनाले कार्यकर्ता मंगल सिंगको गोर्खाल्याण्ड प्रतिको समर्पणलाई स्वागत जनाउने छ। अब मंगल सिंग राजपुतलाई मंगल सिंग गोर्खाको नामले पहाडले चिन्ने छ। मंगल सिंगको शरिरमा लागेको आगोको रापले राज्य अनि केन्द्र सरकारलाई पोल्ने छ।  अझ हजारौ युवाहरु गोर्खाल्याण्डको निम्ति प्राणको आहुतीदीन तयार रहेको तिनको भनाइ छ। यता विध्यार्थी मोर्चा नेता दिप थापाले एक सय सात वर्षाको गोर्खाल्याण्ड आन्दोलनमा प्रथम पटक युवा कार्यकर्ताले यसप्रकारको गोर्खाल्याण्ड प्रतिको उत्सर्ग देखाएको बताउँदै अब एकतामा आएर छुट्टै राज्यको लडाई लडनु पर्ने आह्वान गरेका छन्। छुट्टै राज्यको निम्ति गोर्खाल्याण्डपन्थी पहाडका सबैदलहरु एउटै मञ्चमा आउनु पर्ने तिनको भनाइ छ। 


0 comments: