Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

3 Aug 2013

बन्दको कारण समस्यामा जनसाधरण


कालेबुङ 2 अगष्ट
मोर्चाले घोषणा गरेको अनश्चितकालिन बन्दको सामना गर्न निम्ति जनसाधरण खाद्य सामाग्रीहरु जोहो गर्नमा व्यस्त छन्। मोर्चाले यसचोटीको बनदलाई कठोररुपमा पालन गर्ने निर्णय लिएकोले आज पनि शहरमा किन-जेच गर्ने मानिसहरुको भिड जमेको थियो।
शहरको प्रतेक खाद्य सामाग्री बिक्रेता पसलहरुमा मानिसहरुको घुइचो दोखियो भने अधिकांशा पसलहरुको आवश्य सामाग्रीहरु उपलब्ध नरहेको मानिसहरुको गुनासो पनि छ। विषेश गरि कालेबुङको हाट-बजारमा आज सब्जी किन्ने मानिसहरुको नै धेर मात्रमा भड जमेको थियो। अचनाक साग-सब्जीको मुल्य अत्याधीक बृद्धी भएकोमा लेनदेनको समय मानिसहरुले असन्तोष पनि प्रकट गर्रहेका थिए। कुनै प्रकारको व्यवस्थापन नमिलेको पहाडमा बन्द अवधी साग-सब्जी अनि गाडी भाडाको मुल्यमा अचनाक बृद्धीहुनु एउटा प्ररमपरा नै रहेको छ।
मौकामा चैका भने झै बजारको भिडभाड़लाई केन्द्र गरि आज पनि यहाँका बिक्रेताहरुले ग्राहकहरुबाटा सर-सामाग्रीहरुको दोब्बर मुल्य लिइरहेका थिए। तर, बन्दको सामना गर्न मानिसहरु नहिचकिचाई संग सौदा-पात गर्नमा व्यस्त थिए। अर्कोतिर गाडीभाडामा आफूहरुलाई ठगेकोमा पनि यात्रीहरुको गुनासो रहेको छ। तरै पनि बन्दको कारण कालेबुङ छोडीरहेका मानिसहरुको व्यापक भिड यहाँको मोटर स्टयाण्डमा देखन पाइयो। आजपनि बाहिरबाटा आएका विध्यार्थी, सरकारी कर्मचारी अनि मजदूरहरु मोटर स्टयाण्डको काउण्टरहरुमा बिहानैदेखि भिडलागेर बसेका थिए। शहरभित्रको एटीएमहरुमा मानिसहरुको उत्तीकै भिडजमेको थियो। आजपनि कालेबुङको ब्याङ्कहरुबाटा लाखौ रुपयाको कारोबार भएको अनुमान लगाउन सकिन्छ। मोर्चा अध्यक्ष विमल गुरुङको घोषणा अनुरुप बन्द अघिनै बाहीरका मानिसहरुले पहाड छोडी रहेका छन्।

0 comments: