Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

3 Aug 2013

क्रामाकपा नेताहरु दिल्ली प्रस्थान


कालेबुङ 2 अगष्ट
गोर्खा जनमुक्ति मोर्चा संग-संगै क्रान्तिकारी मार्कसवादी कमन्यिष्ट पार्टीले पनि छुट्टै राज्यको मागमा हाल सडक कार्यक्रमहरु गरिरहेको छ।
यसैले छुट्टै राज्यको माग गर्दै केन्द्र सरकारमाथि दवाउदिन क्रामाकपाका केन्द्रीय समितिका नेतृत्वहरु 3 अगष्टको दिन दिल्ली प्रस्थान हुने आज दलका कालेबुङ आञ्चलिक समितिका अध्यक्ष किशोर प्रधानले जानकारी दिएका छन्। आगमी 8 अगष्टको दिन दिल्लीमा अल इण्डिया लेफ्ट कोडीनेशनको आयोजनमा छुट्टै राज्य गोर्खाल्याण्ड, तेलङ्गाना साथै बोडोल्याण्डको मागमा सांसदमार्च सम्पन्न हुने बताउँदै प्रदानले उक्त कार्यक्रममा छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै क्रमाकपा दिल्ली शाखा, हरियाना शाखा, अनि दार्जीलिङबाटा केन्द्रीय कोर कमिटी सदस्याहरु किशोर प्रधान, अरुण घतानी, नर्बु लामा आदिले सहभागिता जनाउने बताएका छन्। क्रामाकपाले छुट्टै राज्यको आन्दोलनलाई तिब्रता दिन हाल केन्द्रीय कोर कमिटी गठन गरेको पनि तिनले थप जनाएका छन्। दिल्लीको जन्तरमन्तर परिसरमा छुट्टै राज्य पन्थीदलहरुको जुलूस, धरण प्रदर्शन अनि नाराबाजीको कार्यक्रम रहेकोले उक्त कार्यक्रममा छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा क्रामाकपाले भाग लिँदै गोर्खाहरुको मुद्धा प्रति केन्द्रीय नेतृत्वहरुको ध्यानकेन्द्रीत गर्ने प्रधानले बताए।  अवसर मिले यसै कार्यक्रमको अवधि दिल्लीका शिर्ष नेतृत्वहरु संग भेट गरि छुट्टै राज्य गोर्खाल्याण्डको मुद्धा उठाउने आफूहरुको योजना रहेको तिनको भनाइ छ। 

0 comments: