Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

29 Jul 2013

72 घण्टा पहाड बन्दको प्रभावसालि प्रथमदिन , छिटपुट तोडफोडको घटना


कालेबुङ 29 जुलाई
तेलङ्गनासंगै छुट्टै राज्य गोर्खाल्याण्डको पनि केन्द्र सरकारले चुडान्त निर्णय लिनुपर्ने मागमा गोर्खा जनमुक्ति मोर्चाले डाकेको 72 घण्टा पहाड बन्दको आज प्रथम दिन बन्द निकै प्रभावशाली रह्यो।
बन्दले कालेबुङ महकुमालाई निकै प्रभाव पारेको सङ्केत बन्दावधि घटेको छिटपुट घटनाहरुले प्रष्ट पारेको छ। बन्द बिहान 6 बजेदेखि शुरु हुने दलका शिर्ष प्रतिनिधिहरुले घोषणा गरे तापनि लगभग बिहानको साडेपाँचतिर राष्ट्रीय राजमार्ग 31 ए को रम्फू परिसरमा भएको वहान तोडफोड अनि आगजनिको घटनाले भने क्षेत्रमा निकै तनाउ उत्पन्न भएको थियो। उक्त घटनाको पछि लगभग 9 बजेतिर यता कालेबुङ शहरको डम्बरचोकमा पनि पिकेटीङमा उत्रेका मोर्चा कार्यक्ताहरुले 11 माइल निवासी प्रसान्त तामाङको बहानलाई बलजप्ति रोक्दा वहानलाई आंसिकरुपमा क्षती पुर्याएको छ। उक्त घटनाको कारण शहरमा तनाउ उत्पन्न हुने समभवनालाई कन्द्र गर्दै कालेबुङ थाना प्रभारी अनि पुलिसकर्मीहरु घटनास्थलमा पुगेका थिए। मोर्चा प्रतिनिधिहरु अनि पुलिस अधिकारीहरु बिज निकैलामो समयसम्म तर्कातर्की भए तापनि घटनाले ठूलोरुप लिन पाएन। बन्दको चपेटको कारण आज शहरका पसलहरु पूर्णरुपले बन्द थियो। बन्दबाटा आपतकालिन सेवाहरुमात्र छुट रहेको कारण एमबुलेन्स, सेना वहान, पुलिसको गाडी आदिको शहरमा चहलपहल रहेको रहेको थियो। बन्दको आज पहिलोदिन पिकेटीङको निम्ति जीटीए सभासदहरु रमेश आले, निमा तामाङ अनि काजिम छिरिङ भोटीयाको डम्बरचोकमा बिहानैदेखि उपस्थित थिए। बन्दको कारण मोर्चा कार्यकर्ताहरु वाहेक शहरमा अन्य मानिसहरुको चहल-पहल शुन्यप्राया थियो। पार्टी क्याडरहरु पुरादिन छुट्टै राज्य गोर्खाल्याण्डको नारा लगाउँदै डम्बरचोकमा पथावरोध गरेर बसेका थिए। मोर्चाको 72 घण्टे बन्दको आज पहिलोदिन ,कालेबुङवासीहरुलाई निकै प्रभाव पारेको छ। 

0 comments: