Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

12 Mar 2012

भिक्टोरिया पूलको संरक्षणको निम्ति सरकारी तौरमा पहल हुनु पर्ने माग


12 मार्च (कालेबुङ):- लामो समयदेखि सरकारी संरक्षण र सम्वर्द्धनबाट बञ्चित रहेको दार्जीलिङको ऐतिहासिक भिक्टोरिया फल्स पूलले आफ्नो शतबार्षिकीको अवसरमा सरकारी निकायको ध्यानाकर्षण गराएको छ। आइतबार स्थानीयहरुले पूल निर्माण गरिएको शतबार्षिकीको अवसरमा एउटा कार्यक्रमको आयोजना गरेपछि समारोहमा आमञ्त्रित अधिकृतहरुले यसको संरक्षण र सम्वर्द्धनको निम्ति पहल गरिनु पर्ने कुरामा चासो देखाएका छन। स्थानीयहरुद्वारा गठित भिक्टोरिया फल्स संरक्षण समितिले पूल निर्माणको सय बर्ष पूरा भएको अवसरमा आइतबार एउटा विशेष कार्यक्रमको आयोजना गरेका थिए। यस अवसरमा दार्जीलिङका विधायक त्रिलोक देवान अनि नगरपालिका अध्यक्ष अमर सिंह राई विशेष रुपले उपस्थित थिए। यस अवसरमा संरक्षण समितिले सरकारी निकायका यी दुइ प्रतिनिधिहरुलाई ज्ञापन दिएर पूलको रखरखाउ र संरक्षणको निम्ति सरकारी तौरमा पहल हुनु पर्ने माग गरेका छन। स्थानीयहरुले यस पूलको ऐतिहासिक महत्वलाई अक्षुण्ण राख्न यसैको छेवमा अर्को समानांतर पूलको निर्माण गरियोस भन्ने अर्जी पनि गरेका छन।आफ्नो निर्मानकालदेखि कहिले विश्राम नपाएको यस पूल भएर आइतबार बाह्र घण्टाको निम्ति वाहनहरुको आवागमन पनि बन्द राखिएको थियो।सन 1912मा निर्माण गरिएको यस पूलले यस बर्ष शतबार्षिकी पूरा गरेको छ। दार्जीलिङ शहरदेखि दुइ किलोमिटर टाडामा अवस्थित यो भिक्टोरिया फल्स र पूल अस्सीको मध्य दशकसम्म पर्यटकहरुको लोकप्रिय स्थल थियो। तर कालांतरमा यसको सुन्दरीकरण र संरक्षणमा कुनै पक्षबाट पनि पहल नहुँदा यसको प्राकृतिक सुन्दरता र लोकप्रियता ओझेलमा परेको हो। स्थानीयहरुले यसको मरम्मती र रखरखाउको निम्ति सम्बन्धित पक्षलाई धेरै चोटी अर्जी गरे पनि कुनै पहल नभएको गुनासो छ। यस पूलले क्षेत्रका लगभग पन्ध्रवटा गाँउहरुलाई दार्जीलिङ शहरसँग जोड्ने गर्दछ। हाल यस पूलको अवस्था धेरै नै जीर्ण र शोचनीय बनेको छ। समयमा पूलको मरमत-सम्भार नभए कुनै दिन भयवह दूर्घटना हुन सक्ने स्थानीयहरुले आशंका व्यक्त गरेका छन।

Related Posts:

  • Rangpo police arrested Mr. dinesh AgarwalRANGPO-20TH JUNE12Rangpo police arrested Mr. dinesh Agarwal alias dinesh goyal of Rangpo mandi bazaar in connection with making and using foraged and fake documents i n his business and illegal capturing of the wooden ho… Read More
  • Consensus on Morcha mind - Hill party signal to plains’ supportersVIVEK CHHETRI Bimal Gurung… Read More
  • मोर्चाको बैठक 24 जूनमा21 जून(कालेबुङ):- दार्जीलिङ पहाडमा देखा परेको ताजा राजनैतिक जटिलताको कारण गोजमुमोले आफ्नो भावी राजनैतिक कार्यक्रमहरु स्पष्ट रुपमा सार्वजनिक गर्न सकेको छैन। गत 16 जूनमा राज्य सरकारसँग सम्पन्न बैठक पछि मोर्चाले हिजो बुधबारका … Read More
  • Customs all-clear sign for Nathu-laNIRMAL MANGARGangtok, June 20: Trade through Nathu-la will resume on Monday as the 29 per cent customs duty levied on five import items has been lifted.The items on which the customs duty was charged were readymade garments, … Read More
  • एक तेंदुआ खुद ही मुसीबत मेंजलपाईगुरी : सिलीगुरी महकमा के फांसीदेवा प्रखंड अंतर्गत हांसखोआ चाय बागान में बुधवार सुबह आ धमका एक तेंदुआ खुद ही मुसीबत में फंस गया। मगर, शुक्र है कि वन्य प्राणी विभाग के अधिकारियों ने मौके पर पहुंच कर उसे इस मुसीबत से छुटकार… Read More

0 comments: