
17 Mar 2012
छापामारी अभियानमा एघारजना बालश्रमिकहरु उद्धार
17 मार्च (कालेबुङ):- कालेबुङको एउटा गैरसरकारी संगठन बाल सुरक्षा अभियानले आज शहरमा छापामारी अभियान चलाएर एघारजना बालश्रमिकहरु उद्धार गरेको छ। संगठनका कार्यकर्ताहरुले
कालेबुङ पुलिसको सहयोगमा यहाँका दर्जन अधिक चियापसल र होटलहरुमा छापा मारेर बालश्रमका शिकार यी नानीहरुको उद्धार गरेको हो। संगठनले नेशनल चाइल्ड लेबर प्रोजेक्टअन्तर्गत बालश्रमिकहरुको निम्ति पठन पाठनको व्यवस्था गरेको भए पनि दोकानका मालिकहरुले यी नानीहरुलाई यस विशेष स्कूलमा पठाउन चासो नदेखाएपछि संगठनले आज कार्वाही गर्दै छापामारी अभियान चलाएको हो। यस अघि असहाय अनि बालमजदूरहरुको कल्यानको निम्ति गठित चाइल्ड लाइनका कार्यकर्ताहरुले शहरमा एउटा सर्वेक्षण गरेर दोकानका मालिकहरुलाई आफ्ना दोकानका बाल कामगारहरुलाई नियमित रुपले शिक्षा आर्जंनको निम्ति पठाइ दिने आह्वान पनि गरेको थियो। तर दोकान मालिकहरुले यी नानीहरुलाई शिक्षाप्रति प्रोत्साहित गर्नको साटो श्रमशोषण गर्ने क्रम जारी राखेपछि आज संगठनले यो पहल गरेको हो। आज उद्धार गरिएका नानीहरुबारे कालेबुङ थानामा सुचित गरिएपछि बाल सुरक्षा अभियानले नानीहरुलाई सोमबारसम्मको निम्ति आफ्नो निगरानीमा राखेको छ। सरकारी प्रावधान अनुसार यी नानीहरुको अवस्थाबारे जिला प्रशासनद्वारा गठित बाल कल्याण समितिलाई जानकारी दिनेछ। सो समितिले उद्धार गरिएका नानीहरुको आयु सिमाबारे छानबीन गरी कार्वाही शुरु गर्नेछ। 14 बर्षभन्दा कम आयु वर्गका बालश्रमिकहरुको पुनर्वास र शिक्षा दीक्षाको व्यवस्था यसै समितिले गर्नेछ। कालेबुङका निजी अनि व्यापारिक प्रतिष्ठानहरुमा बालश्रमिकहरु लछेप्रै पाइन्छ। डूवर्स अनि समतलका गरिब परिवारका नानीहरुलाई घरेलु नोकरको रुपमा शोषण गर्ने गरेको प्रशस्त घटनाहरु कालेबुङमा देखा परिरहेको छ। कतिपय नानीहरु अभिभावकको सहमतिमा केही अर्थ उपार्जन गर्ने उद्देश्यले यहाँ पठाइएको छ भने केही बालतस्करीको शिकार भएर कालेबुङका होटलहरुमा नारकिय जीवन बिताउन बाध्य छन। बाल सुरक्षा अभियानले बालश्रमिहरुको उद्धार र कल्याणको दिशामा धेरै अघिदेखि काम गर्दै आइरहेको छ भने बाल तस्करीको सञ्जाललाई नियञ्त्रण अनि रोकथाम गर्ने दिशामा पनि प्रभावी काम गरिरहेको छ। यस संगठनका कार्यकर्ता तेजकुमार थापाले आजको अभियनबारे प्रकाश पारेका छन।

Related Posts:
मानिसहरु सिलगढ़ी प्रस्थान हुदा विधायकले दुखाए मन कालेबुङ 25 अगष्ट: बन्द अवधि कालेबुङबाट सिलगढ़ी प्रस्थान हुने मानिसहरुको संख्या दिन प्रतिदिन बढ़दै गइरहेको छ भने आज मोर्चा प्रवक्ता ड़ा हर्कबहादुर छेत्रीले यसले आन्दोलनमा नकारात्मक प्रभाव पार्ने कुरा गरेका छन्। आज डम्बरचोकमा… Read More
EPCS delegation meets CM Gangtok 25 Aug 2013 Around 40 members of the Evangelical Presbyterian Church of Sikkim from all the four districts of the state led by MLA Menlom Lepcha, Rev PS Timgmo and mediator Remon Molommu today c… Read More
GJM seeks proactive participation of youngsters in statehood movement Darjeeling 25 Aug 2013 The Gorkha Janmukti Morcha has begun using every bit of arsenal at its disposal to thwart the state government that is breathing down its neck, attempting to crush the ongoing statehood a… Read More
Dooars GJM threatens stir against Lama’s detention Report by: PRADIP LAMA KALCHINI 25 Aug 2013 Keeping with their move of arresting GJM leaders and activists, the police had arrested Dooars GJM central committee member Ashok Lama on the night of … Read More
Gurung's successor in GTA Election process begins Darjeeling 25 Aug 2013 The process has started to appoint a successor to Bimal Gurung, who quit as chief executive of the Gorkhaland Territorial Administration after the creation of Telangana state was annou… Read More
0 comments:
Post a Comment