16 Mar 2012
टिस्टामा मैला फ्याँक्न बन्द गर –क्रामाकपा
कालेबुङ 16 मार्च: कालेबुङ नगरपालिकाले शहरको फोहोर मैला टिस्टा नदीमा फ्याँक्ने गरेको घटना प्रति क्रामाकपाले कडा आपत्ती जनाउँदै यो कार्य अबिल्म्ब बन्द नगरिए आन्दोलन गर्ने चेतानी दिएको छ।क्रामाकपाको टिस्टा शाखाका प्रतिनिधिहरुले आज खण्ड-1 का बीडीओ अनन्दिता भौमिकलाई भेट गरी शहरको मैला टिस्टामा फ्याँक्ने क्रम जारी राखिएकोमा आफ्नो आपत्ती जाहेर गरेका छन।कालेबुङ नगरपालिकामा निर्वाचित वोर्ड गठन भए पछि पनि डम्पीङ ग्राउण्डको समस्या हल हुन नसकेकोमा यस दलले आचर्य प्रकट गरेको छ।कालेबुङ शहरको फोहोर मैला टिस्टामा फ्याँक्ने गरेको घटनाको विरोध क्रामाकपाले मात्र नभएर अन्य संघ संस्था र पर्यवरण सचेत मानिसहरुले पनि गर्दै आइरहेका छन।कालेबुङ नगरपालिकाले दीर्घ दिनदेखि यो अभ्यास जारी राखेको करण अहिले विशेष गरी टिस्टावासीहरुमा असन्तोस बढदै गैरहेको छ। टिस्टामा मैला फ्याँक्ने कार्यले क्षेत्रका मानिसहरुको धामिर्क भावनामा मात्र ठेस पुर्याएको छैन तर सम्पूर्ण पहाडी क्षेत्रको पर्यवरण र जैवविविधताको सन्तुलनमा पनि प्रभाव पारिरहेको विशेषज्ञहरुको भनाइ छ। मैलाको कारण टिस्टा नदी दिनप्रतिदिन प्रदुषित बन्दै गैरहेको छ।फलस्वरुप यहाँ पाइने जलिय प्राणीहरुको अस्तित्वमा पनि खतरा उत्पन्न भैरहेकोले पर्यवरण संरक्षणप्रति सचेत मानिसहरुले चिन्ता व्यक्त गरेका छन।टिस्टा नदीमा मैला फ्याँक्ने कार्य बन्द गराउन अन्य संघ संस्था र दलहरु खासै गम्भीर नदेखिए पनि क्रामाकपाले भने लगातार यस दिशामा आवज उठाइअरहेको छ।यसको दुरगामी प्रभावबारे चिन्ता प्रकट गर्दै क्रामाकपाले सम्बन्धित निकाय र प्रशासनका अधिकारीहरुलाई पत्राचार र ज्ञापन दिएर मैला फ्याँक्ल बन्द गरिनु पर्ने माग गर्दै आइरहेको छ। टिस्टा नदीको धामिर्क पवित्रता र भौगलिक महत्वलाई अक्षुण राख्न कालेबुङ नगरपालिकाले डम्पिङको बैकल्पिक व्य्वस्था ग्रहण गर्नु पर्ने क्रामाकपाको माग छ। पार्टीको टिस्टा जोनल स्मितिका अध्यक्ष सन्तोष प्रधानले मैला फ्याँक्ने कार्य यथाशीघ्र बन्द नगरिए सडकमा ओर्लेर आन्दोलन गर्ने चेताउनी दिएका छन।कालेबुङ नगरपालिकाको टिस्टा नदीमा मैला फ्याँक्ने घटनालाई लिएर आफ्नो दलले सम्बन्धित निकाय देखि लिएर मुख्य मन्त्री समेतलाई पत्राचार गर्ने उनले बताए।
Related Posts:
GJM to abandon violence for talks: Bimal Gurung KURSEONG 7 Oct 2013 Gorkha Janmukti Morcha chief Bimal Gurung today addressed party supporters at the Kurseong motor stand on the occasion of the GJM’s seventh foundation day. He announced the GJM has decided t… Read More
AIGL welcomes SC move PRADIP LOHAGUN KALIMPONG 9 Oct 2013 The All India Gorkha League has welcomed the decision of the Supreme Court to shift the Madan Tamang murder case from Darjeeling to a civil court in Kolkata. Addressing… Read More
Sikkim’s first Hindi movie coming up Gangtok 9 Oct 2013 Trishala Tamang (17) of class XII at Deorali Senior Secondary School had since childhood dreamed of acting in movies and her wish has come true after she got through auditions for a leading r… Read More
CPRM to take statehood movement forward post Dusshera PRADIP LOHAGUN KALIMPONG 9 Oct 2013 The core committee of the Kalimpong CPRM unit today held a meeting where it was decided to intensify the statehood agitation after Dusshera. The meet was presided over by C… Read More
आन्दोलनलाई तीव्रता दिने तयारीमा क्रामाकपा कालेबुङ 9 अक्टोबर (प्रदीप) क्रामाकपाको कालेबुङ आञ्चालिक समिति दशैँपछि छुट्टै राज्यको आन्दोलनलाई तीव्रता दिने तयारीमा छ। आञ्चालिक समितिको कोर कमिटिको बैठकमा आज यो प्रस्ताव ग्रहण गरिएको छ। यहाँको सातदोबाटोस्थित पार्टी कार्यालय… Read More
0 comments:
Post a Comment