Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

10 Oct 2014

शारदा काण्डका मुख्य आरोपी कालेबुङ न्यायालयमा

कालेबुङ, 11 अक्टोबर। शारदा काण्डका मुख्य आरोपी देवजनी मुखर्जीलाई आज कालेबुङ न्यायालयमा पेश गरियो। स्थानीय छिबो बस्ती निवासी उत्तम शंकर विश्वकर्मले एक निवेशकको रूपमा मुखर्जीविरूद्ध मामिला दर्ता गरेकाले उनलाई कालेबुङ ल्याइएको हो। शारदा घोटाला काण्डको आरोपमा उनीविरूद्ध भारतीय दण्ड संहिताको धारा 420 अन्तर्गत मामिला दर्ता भएको थियो। यसै मामिलामा अलिपूर महिला संशोधनगृहबाट कालेबुङ ल्याइएका देवजनी मुखर्जीलाई कालेबुङ एडिसनल चिफ ज्यूडिसियल मेजिट्रेट कोर्टले जमानत दिएको छ। यद्यपि कालेबुङ न्यालयबाट उनले जमानत पाएको भएपनि अन्य न्यालयहरूमा रहेका विभिन्न मामिलाहरूका कारण...

पर्यटन उत्सव 2014 शुरू

कालेबुङ, 11 अक्टोबर। गोर्खाल्याण्ड टेरिटोरियल एडमिस्नट्रेसन(जीटीए) को सूचना एवं सांस्कृतिक विभाग अनि पर्यटन विभागको संयुक्त आयोजनामा आजदेखि सांस्कृतिक पर्यटन महोत्सव कालेबुङ च्याप्टर आरम्भ भएको छ। बितेको वर्षसम्म यसै उत्सवलाई चिया अनि पर्यटन उत्सवको नाम दिएको थियो। यद्यपि यसपल्ट यस उत्सवको माध्मयबाट संस्कृतिको पनि संरक्षण गर्ने उद्देश्य लिएर सांस्कृतिक पर्यटन महोत्सव नामकरण गरिएको हो। पहाडको मुख्य आयश्रोतको रूपमा रहेको पर्यटन विकासलाई थप टेवा पुऱ्याउन दार्जीलिङमा हिजोदेखि यस उत्सव आरम्भ भइसकेको छ भने आजदेखि कालेबुङमा पनि औपचारिक उद्घाटन गरिएको...

8 May 2014

सीके प्रधान हत्यकाण्ड - परिवार निराश

कालेबुङ, 7 मई। सीके प्रधान हत्याकाण्ड मामिलामा प्रधानका परिवारपक्षले न्याय पाउने आशा मारिसकेका छन्। किनभने प्रधानको हत्या भएको 12 वर्ष बितिसक्दा समेत मुद्दा छिनाफाना हुने कुनै छाँटकाँट छैन। प्रधानको हत्या भएको 9 वर्षपछि 12 दिसम्बर 2012 मा पहिलोचोटी जलपाइगुढी न्यायालयमा मुद्दा शुरू हुँदा प्रधानका परिवारपक्षले एकचोटी न्याय पाउनसक्ने आशा साँचेका थिए। तर जलपागुढीको सेसन कोर्टमा आजसम्म प्रधान हत्याकाण्डका सबै गवाहीहरूको बयान लिइसकेको छैन। यस मामिलामा...

29 Apr 2014

दोधारमा लामा

कालेबुङ 28 अप्रेल। (प्रदीप)ः लोकसभा चुनाउको परिणामपछि दार्जीलिङ पहाडको राजनैतिक परिदृश्य कस्तो हुनेछ? भाजपा प्रार्थीले यहाँबाट चुनाउ जितेको अवस्थामा गोर्खाल्याण्डको मुद्दाले नयाँ दिशा र गति पाउनेछ कि मोर्चा जीटीएको सुचारू सञ्चालनतिरै तल्लिन हुनेछ? कि गोरामुमोको शर्त अनुसार दागोपापको पुनर्बहाली हुनेछ? चुनाउपरिणामपछि परिदृश्यमा कुनै नयाँ राजनैतिक शक्तिको पदार्पण हुनेछ? पहाडको राजनीतिमा सामान्य चासो राख्ने मानिसहरूलाईसमेत यतिबेला यी प्रश्नहरूले गिँजोलेको...

24 Apr 2014

विपक्षी दलहरूका कारण असामाजिक घटनाहरू भइरहेको छ - डा. छेत्री

कालेबुङ, 24 अप्रेल। “पहाड़मा विपक्षी दलहरूको कार्यक्रमहरूसँगै अगणतान्त्रीक र असामाजिक तत्वहरूको रगरगी धेर हुन थाल्यो” दुषकर्मकाण्डको चौतर्फी विरोध भइरहेको समय विधायक डा. हर्कबहादुर छेत्रीले आज यस प्रकारको बयान दिएका हुन्। हाल टिस्टा बालिका बलत्कार घटनाको चौतर्फी विरोध भइरहेको समय कालेबुङका विधायक एव मोर्चा प्रवक्ता डा. छेत्रीको उक्त बयानले विरोधको माहोललाई नै फयातुलो पारेको छ। आज कालेबुङका पत्रकारहरूसँग कुराकानी गर्दै विधायक छेत्रीले असामाजिक...

22 Apr 2014

टिस्टा दुष्कर्मकाण्डको चौतर्फी विरोध

कालेबुङ, 21 मार्च।(छेवाङ योञ्जन) टिस्टामा नाबालिकामाथि भएको दुष्कर्मकाण्डको अहिले चौतर्फी विरोध भइरहेको छ। यस मालिमामा एकजना आरोपी पक्रा परेपनि दोषीलाई कोठर सजाय दिनपर्ने माग जारी छ। यस घटनामाथि टिस्टावासीमात्र होइन यहाँका विभिन्न सङ्घ-संस्था अनि व्यक्ति विशेषले पनि आज उठाउन शुरु गरेका छन्। भारतीय गोर्खा परिसङ् आफैले एउटा सर्वभारतीय गोर्खाहरूको छाता सङ्गठन रहेको बताउँछ। यस सङ्गठनले यो घटनालाई कसरी हरेको छ? यसबेला यस्ता सङ्गठनहरूले समाजसित सरोकार...

काँडामा जीवन फूलाउने कालेबुङको पाइन भ्यू नर्सरी

कालेबुङ, 21 मार्च। कालेबुङमा अवस्थित विभिन्न नर्सरीहरूमध्ये पाइन भ्यू नर्सरी आज कालेबुङको एउटा प्रमुख पर्यटन स्थलको रूपमा स्थापित भइसकेको छ। यहाँ आउने देशी तथा विदेशी पर्यटकहरूले पाइन भ्यू नर्सरीको भ्रमण अवाक् भन्छन् अनि सराहना गर्छन्। यहाँ आउने अधिकांश पर्यटकहरू क्याक्स्टका कलेक्सनहरू देखेर छक्क पर्दै जीवनमै नौलो अनुभव भएको बताउँछन्। यहाँ काँडाहरूमाझ जीवन फूलाइएको छ। अत्याधिक तापमानमा मात्र फूल्ने क्याक्टसका अनेकौँ प्रजातिहरू पाइन भ्यू नर्सरीमा...

16 Apr 2014

गोर्खा भारती विचार मञ्चको चुनाउ आयोगमा आपत्ती

कालेबुङ, 16  अप्रेल। एकातिर भारतवर्षलाई विश्वको सबैभन्दा महानतम् गणतान्त्रिक राष्ट्र भनेर देशवासीहरूले नाक घोक्र्याउँछन् अनि गणतन्त्रको सबैभन्दा ठुलो पर्वको रुपमा चुनाउलाई मान्छन्। लोकतन्त्रको मूलाधार नै चुनाउ हुनाले सम-सामयिक रुपमा सम्पन्न हुने मतदानहरूलाई सफलतापूर्वक अनि सार्थकतासित सञ्चालित गराउन चुनाउ आयोगले अर्बौँ रुपियाँ खर्चेर देशवासीहरूलाई मताधिकारको प्रयोग गर्ने विषयमा जागरुक गराउँछ भने अर्कोतिर कतिपय यस्ता व्यक्तिहरू जसलाई युवाहरूले...

29 Mar 2014

धमिलो सम्बन्धमा मोर्चा

कालेबुङ 28 मार्च। (प्रदीप)ः गत लोकसभा चुनाउको तितो अनुभवहरू पचाएर मोर्चाले यसपालि फेरि भाजपालाई समर्थन गर्ने जोखिम त उठाएको छ तर कथङ्काल केन्द्रमा भाजपा सरकार आउन सकेन भने राज्यको तृणमूल सरकारले धूलो काट्छ भन्ने चिन्ताले यतिबेला मोर्चा नेतृत्वलाई गाँजेको छ। केही दिनदेखि मीडियासँग टाँडिएर बसेका मोर्चा प्रवक्ता डा हर्कबहादुर छेत्रीले आज यहाँका पत्रकारहरूलाई यस आशयको बयान दिएर दलभित्र मच्चिरहेको हुण्डरीको छनक दिएका छन। यसपालि केन्द्रमा भाजपाको सरकार...

घोटलाकाण्डका आरोपी कालिकोटेमाथि उपभोक्ता प्रेसर

कालेबुङ , 28 मार्च। इनरट्रिप रेयुकाई घोटालाकाण्डका अभियुक्त गौतम कालिकोटे आज न्यायालको पेशीअवधि पनि सञ्जोले बस्न पाएनन्। जब उनी आज कालेबुङ न्यायालय पुगे तब निवेशकहरूको एउटा ठूलै झुण्ड कोर्ट परिसरमा बसेका थिए। यसअवधि अभियुक्तलाई निवेशकहरूले चाँडै पैसा फिर्ता गर्नुपर्ने माग गर्दा निक्कैबेर कोर्ट परिसरमा तर्का-तर्की भएको थियो। गौतम कालिकोटेले इनरट्रिप रेयुकाईको नाममा मोठ 52 वटा स्वनिर्भर दल गठन गरेका थिए। प्रत्येल दलबाट 7 हजार पाँच सय रूपियाँ उनले संग्रह गरेका थिए। स्वनिर्भर दलहरूबाट संग्रहित राशी मोठ 11 लाख रुपिँया लिएर उनी चम्पट कसेको आरोप छ। यसपछि...

मोर्चाको बैठक

कालेबुङ, 28 मार्च। लोकसभा चुनाउलाई केन्द्र गर्दै आज गोर्खा जनमुक्ति मोर्चा महकुमा समिति कार्यालयमा दलीय कर्मी सभा सम्पन्न भयो। मोर्चा महकुमा समितिका संयोजक नोर्देन लामाको अध्यक्षतामा सम्पन्न सभामा मोर्चा प्रवक्ता एवं कालेबुङका विधायक डा. हर्कबहादुर छेत्री, सभासद् डा. आरबी भुजेल, सुनिल प्रधान, दावा लेप्चा लगायत केन्द्रीय समितिका सदस्य तारा लोहार लेप्चा, नगरपालिका अध्यक्ष गङ्गामाया गुरुङ, उपाध्यक्ष जायन लेप्चा, महकुमा समितिका सचिव कुमार चामलिङ, नगरपार्षदगण एवं अन्य पदाधिकारीहरू उपस्थित थिए। सभामा आगामी लोकसभा चुनाउलाई ध्यानमा राख्दै विभिन्न रणनीतिहरू...

28 Mar 2014

दार्जीलिङ-डूवर्स युनाइटेड डेभलपमेण्ट फाउण्डेशनको महकुमा स्तरीय चुनाउ समिति गठन

कालेबुङ 27 मार्च। (प्रदीप)ः दार्जीलिङ-डूवर्स युनाइटेड डेभलपमेण्ट फाउण्डेशन अनि यसका सहयोगी दलहरू मिलेर आज महकुमा स्तरीय चुनाउ समिति गठन गरिएको छ। यहाँको ठाकुरवाडीस्थित श्यामादेवी भवनमा सम्पन्न बैठकपछि चुनाउ समितिको गठन गरिएको हो। बैठकमा मूल रूपले डीडीयुडीएफ,क्रामाकपा अनि भागोपका नेताहरू उपस्थित थिए। यद्यपि आज गठन गरिएको चुनाउ समितिमा यी तीन दलसहित गोर्खालीग र गोरानिमोका प्रतिनिधिहरूलाई पनि सामेल गरिएको छ। डीडीयुडीएफ र क्रामाकपाको संयुक्त आन्तरिक...

गोरामुमोको सभा

कालेबुङ 27 मार्च। (प्रदीप)ः कालेबुङ नगरपालिकाको एघार नम्बर वार्डमा गोरामुमोले आज टाउन कमिटिको शाखा विस्तार गरेको छ। 11 नम्बर वार्डको गोसखान क्षेत्रमा आज सम्पन्न दलको बैठकपछि टाउन कमिटि शाखाको पुनर्गठन गरिएको छ। दलको कालेबुङ महकुमा समितिका अध्यक्ष मौरिस कालीकोटेको उपस्थितिमा सम्पन्न बैठकमा सहसचिव अनील लोप्चनलगायतका नेताहरू सहभागी थिए। टाउन कमिटिको 11 नम्वर वार्ड शाखामा राकेश मुखिया अध्यक्ष, शरण थापा उपाध्यक्ष, गम्भीरे तामाङ सचिव, प्रभात राई सहसचिवसहित...

छत्र सुब्बाले खोले भाजपा पार्टी कार्यालय

कालेबुङ, 27 मार्च। चुनाव अभियानलाई तिब्र पार्न कालेबुङका भारतीय जनता पार्टीका कार्यकर्ताहरूले पार्टी कार्यालय उद्घाटन गरेका छन्। भाजपा कार्यकर्ताहरूले यहाँको आरसी मिन्त्री रोडमा अवस्थित होटल एञ्जलिको तल्लो तलामा दलको चुनावी पार्टी कार्यालय स्थापित गरेका छन्। हालैमा उक्त दलमा सामेल भएका छत्र सुब्बाले आज भाजपाको टाउन कार्यालयको उद्घाटन गरे। कार्यालय उद्घाटन कार्यक्रममा नारी मोर्चा नेतृत्वहरूको पनि उपस्थिति रहेको थियो। नारी मोर्चा नेतृत्वहरू तारा लोहार...

कालेबुङमा कंग्रेसको चुनाव प्रचार

कालेबुङ, 27 मार्च। 16 औँ लोकसभा चुनाउका निम्ति दार्जीलिङ समष्टिमा कङ्ग्रेसले पनि चुनावी कसरत शुरु गरेको छ। कङ्ग्रेसले सिलगढीका सुजय घटकलाई दार्जीलिङको आसनमा टिकट दिएपछि उनले आज कालेबुङमा पनि दलीय कर्मीहरूसित सभा गरे। उनी अनुसार कङ्ग्रेसले पहाड विकासलाई नै यसचोटीको चुनाउमा प्रमुख मुद्दा बनाएको छ। पहाड अनि समतलमाझ देखिएको विकास अनि सोच सम्बन्धीका विभिन्नतालाई तोड्नु नै आफ्नो पहिलो मुद्दा रहेको उनले बताए। 'यहाँ कोही मुख्यमन्त्रीकहाँ गइरहेका छन् भने...

29 Jan 2014

मानेको पातमा जनता र चलखेल

 Manoj Bogati  कालेबुङ, 29 जनवरी। ‘जनता भनेको मानेको पातको थोपा सरह हो, पात हल्लिएपछि जनता भुइँमा खस्छ,’ गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले मदन तामङको हत्या हुन अघि जनतालाई लक्ष्य गर्दै भनेका थिए। मदन तामङको हत्यापछि जनता तिनको विरुद्धमा ओर्लिएको देखेपछि तिनले आफ्नो टिप्पणी सच्याए। ‘जनता भनेको मानेको पातको थोपा होइन रहेछ, जनता नरहे नेताको अर्थ नहुँदोरहेछ,’ गुरूङले दुईवटा टिप्पणी दुई फरक परिस्थिति भोगेपछि नै गरेका थिए। तिनी जब जिटिएका प्रमुख बने तब जनतालाई मानेको पातको थोपा भनेर अर्थाए। मदन तामङको हत्याले मोर्चा नेताहरूको...

24 Jan 2014

काव्य संवाद र तुम्खेवाको एकल कविता

कालेबुङ, 23 जनवरी। कालेबुङ सडक कविता समूहद्वारा 25 जनवरीको दिन काव्य संवाद एंव नेपालका कवि विमला तुम्खेवाको एकल कविता वाचन कार्यक्रम आयोजना गरिएको छ। संयोजक प्रदीप लोहागुणले बताए अनुसार नेपाल -भारतका युवा कविहरूविच काव्य संवाद गराउने उद्देश्यले यो कार्यक्रमको आयोजन गरिएको हो। अघिबाट नै यो समूहले  सडकमा कविता नामक कार्यक्रम चलाउँदै आइरहेको छ। यसपटक सप्तश्री ज्ञानपीठ स्कुलको मैदानमा दार्जीलिङका युवा कविहरूलाई भेला गरिने भएको छ। ‘युवा कविहरूविच...

Cross-border literary interaction prog

KALIMPONG 23 Jan 2014 Kalimpong-based literary group Sadak Kavita will host a literary function on January 25 at Saptashree Gyanpith School. Programme coordinator Pradip Lohagun said the event called ‘Kavya Samvad’ is being organised to promote literary interaction between Nepali poets of Nepal and India. The event will also see poetry recitation by popular Nepalese poet Bimala Tumkhewa. Lohagun said a literary interaction between emerging...

SDF leader injured in clash with SKM

Gangtok 23 Jan 2014 A clash between the Sikkim Democratic Front and Sikkim Krantikari Morcha on Wednesday evening has left SDF Organisation Secretary Avinash Yakha injured. The clash reportedly took place when Yakha was returning from a constituency level meeting in Geyzing. He had stopped on the Yangyang-Pabung Road in South Sikkim for some respite when SKM supporters allegedly attacked him.  According to Yakha, five SKM supporters...