Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

6 Nov 2011

मंग्पूका गायक राजेन आले पितृ शोकमा

मंग्पू/६ नोबेम्बर : नेपाली गायन क्षेत्रमा मंग्पूको आफ्नै छाप छ | स्वर समाग्री अरुणा लामाका पदछाप तथा आशिर्वादले भरिएको मंग्पूको सांगीतिक आकाशमा आफ्नो मौलिक गीत - स्वर दिने तथा बाडुली,शितल,दौंतरी जस्ता गीति एल्बम अनि भजन आदिमा  आफ्नो स्वर दिई नेपाली संगीत जगतलाई उज्ज्वल बनाउने गायक राजेन आले हालै पितृ शोकमा परेका छन् | गायक आलेको पिता स्व के० बी०(कुलबीर ) आले  केही सालदेखि डाइवेटीसले पिडित थिए | स्व के० बी० आले ६८ वर्ष पुगेका थिए भने तिनी एक पोख्त मादल वादक पनि थिए | तिनको मृत्युमा सम्पूर्ण मंग्पू  क्षेत्र शोक विह्ल बनेको छ | स्व आलेको मृत्युले एक पोख्त मादल वादक तथा मादले गीतको एक अंग गुमाएको छ - मंग्पूबासीले |उनको मृत्युमा मंग्पू सांगीतिक कला एकाईले शोक - समवेदना प्रकट गरेको छ |  शोकित परिवारलाई इश्वरले सहन शक्ति प्रदान गरुन भनी प्रार्थना गरि  उनको अन्त्येस्ठी क्रिया आगमी १३ नोवेम्बरमा हुने जानकारी एकाईले जानकारी दिएको छ | स्व आलेले मंग्पू  विभाग सिम्ले धुरामा जन्म लिई मंग्पू विभाग कुइलेनबारी अधिनिस्थ पी० एच० इ० अन्तर्गत कर्मचारीको रुपमा सेवा पुराई अवकाश प्राप्त गरेका थिए भनी परिवार पक्षबाट जनाएका छन् 

0 comments: