Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

7 Nov 2011

श्री सत्य साई सेवा सङ्गठनद्वारा कृष्णसिंह मोक्तानलाई अभ्यर्थना मोहन ठकुरीलाई सम्मान

कालेबुङ, 7 नोभेम्बर।
साई आन्दोलनका अग्रदूत कृष्णसिंह मोक्तानलाई श्री सत्य साई सेवा सङ्गठन कालेबुङ महकुमाले  आज एक कार्यक्रमबीच अभ्यर्थना जनायो।
साई भक्त अनि सङ्गठनहरूको निम्ति एक तीर्थस्थल नै बनेका सिंह दार्जीलिङमा साई अवधारणा र श्री सत्य साई बाबाका आध्यात्मिक चेतनाको बिकास गर्ने पहिलो भक्त हुन्‌। यसैकारण नै साई सङ्गठनहरूले वरिष्ठ साहित्यकार मोक्तानलाई आध्यात्मिक जगतका एक सन्त पुरुषकोरुपमा नै मान्ने गरेका छन्‌। बाघधारास्थित साई निलयमबाट साई गङ्गोत्रीको अलङ्‌कारले विभूषित मोक्तानलाई साईभक्तहरूले रथमा चढाएर नगरपरिक्रमा गराए। शोभायात्रा रामकृष्ण रङ्गमञ्चमा समाप्त गरियो। पहिलोचरणको कार्यक्रमपछि रामकृष्ण रङ्गमञ्चमा दोस्रो चरणको कार्यक्रम सम्पन्न भयो। खगेन्द्र प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथि एवं आकर्षणको केन्द्रविन्दु सम्वर्धित व्यक्ति कृष्णसिंह मोक्तान थिए भने विशिष्ट अतिथिकोरुपमा प्रवुद्ध कवि मोहन ठकुरी, गाउँबुढा उपाधिले विभूषित सानुमति राई, अधिवक्ता एवं साई दर्पणका सल्लाहकार विवेककेशर पाण्डे अनि सिक्किम साई समितिका राज्य अध्यक्ष रतन प्रधान उपस्थित थिए।
अभ्यर्थना कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता विवेककेशर पाण्डेले मोक्तानको मिमांसा जीवनी प्रस्तुत गरे। सम्बोधन गर्ने क्रममा तिनले अझ भने, नेपाली समाजमा एक दृष्टान्तकोरुपमा  कोही पनि अघि आएको छैन। जबकि अन्य जातिहरूमा हेर्दा अनेकौं दृष्टान्तहरू छन्‌ तर नेपाली समाजमा भने भनेजस्तो उदाहरणकोरुपमा उभिने व्यक्तित्व नै छैनन्‌। यस्तो स्थितिमा कृष्णसिंह मोक्तान यस्ता नाम हुन्‌ जो हाम्रो निम्ति एक प्रतिष्ठानको रुपमा विराजमान छन्‌। साहित्य, आध्यात्मलाई एकीकृत गरेर जीवनको हरेकपक्षलाई मानव कल्याणको निम्ति समर्पित गर्नु नै मोक्तानको जीवन दर्शन रहेको पनि पाण्डेले बताए। यता मोहन ठकुरीले पनि मोक्तानमाथि भनिरहेका थिए, सरल, सुवोध, मृदूभाषी, कोमल, विनय अनि प्रेमको पुञ्ज नै मोक्तान हुन्‌। यता चर्चित उपन्यासकार विन्द्या सुब्बाले पनि मोक्तानलाई आध्यात्मिक गुरू अनि मानव मुल्य संस्थापक रहेको जनाइरहेकी थिइन्‌। मोक्तानलाई कार्यक्रमबीच दोसल्ला ओडाएर अभ्यर्थना जनाइयो भने तिनलाई  प्रशस्तिपत्र अनि स्मृति चिह्न प्रदान गरियो। अभ्यर्थना जनाउने क्रममा नेपाली साहित्यका चर्चित कवि मोहन ठकुरीलाई पनि सम्मान जनाइयो। तिनलाई पनि प्रशस्तिपत्र अनि स्मृति चिह्न प्रदान गरियो।
यसैबीच कार्यक्रमलाई अझ रोचक बनाउन भजन गायक अजनिश राई अनि तिनकी श्रीमति मेघना राईले ठूलो भूमिका निर्वाह गरेका थिए। गायक अजनिशको भजन सुनेर उपस्थित श्रोताहरू मन्त्रमुग्ध बने। कालेबुङ ललित नित्य छन्दमका कलाकारहरूले पनि नृत्य प्रस्तुत गरेका थिए।

0 comments: