Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

11 Nov 2011

चिट्ठा मार्फत मोर्चा बन्दिको समाधान- कालेबुङ नगरपालिकामा नया अनुहार


कालेबुङ ११ नो०( युवासङ्गम)
पार्टिको मोर्चा बन्दी खुडकिलो पार गर्दै आज गोर्खा जनमुक्ती मोर्चाले कालेबुङ नगरपाली चुनाउको निम्ती आफ्नो वाड उम्मेद्वारहरुलाई पार्टिको टिकट प्रदान गरेको छ ।मोर्चाले आज यहाँको टाउन हल मा उम्मेद्वार चयनको निम्ती एउटा सभाको आयोजना गरेको थियो ।सभामा मोर्चा अध्यक्षा बिमल गुरुङ महा सचिव रोशन गिरी कालेबुङका बिधायक डा हर्कबहादुर छेत्री आइएस अधिकारि एल बी परियार मोर्चा नेता डा आर बी भुजेल लगायत केन्द्रिय सिमिता सदस्याहरु पनि उपस्थित थिए ।कालेबुङ नगरपालिका अन्तर्गत रहेको कुला ३२ वटा वाडहरु मध्य १० वटा वाडका उम्मेद्वारहरुले निर्विरोध चुनाउको निम्ती पार्टिको टिकट प्राप्त गरे भने अन्य १३ वटा वाडका उम्मेद्वारहरु माझ भने आपसी मतभेत भएको कारण मोर्चा अध्यक्ष बिमल गुरुङले चिट्ठको प्रयोग गर्नु पर्‍यो ।एउटै वाड बाट नगरपालिका चुनाउको निम्ती टिकटको होडबाजमा उत्रेका उम्मेद्वारहरुलाई पार्टिप्रमुख गुरुङले धेरै चोटी आग्रह गर्दा समेत ति उम्मेद्वारहरुले पार्टिप्रमुख गुरुङको सुझाउलाई टेपुच्छर लाएनन् ।यसैले अध्यक्ष गुरुङले अन्तमा चिट्ठको प्रयोग गरी भाज्ञापरिक्षले जसको नाम गुरुङको हातमा पर्छ उसैलाई नै वाड उम्मेद्वारको टिकटा प्रदान गरे । आज बिहान लगभाग ११ बजी देखी शुरु भएको मोर्चाको चुनाउवी टिकट प्रदान गर्ने क्रम साझ सम्म सम्पन्न भयो ।आज पार्टिको टिकट प्राप्त गर्ने उम्मेद्वारहरुले भोली देखिनै चुनाउको निम्ती नामाङक्न दर्ता गर्ने छन् ।कालेबुङ नगरपालिकाको २२ न्० वाडबाट पार्टिको टिकट प्राप्त गर्ने एल बी परियारलाई यस वर्षा नगरपालिकको प्रमुख बनाउले मोर्चाको योजना रहेको अपुष्ट व्यक्तव्य मोर्चा खेमा बाट आइरहेको छ ।
  समरण रहोस आइएस अधिकारी एलबी परियार राज्यको पन्च्यात विभागको सचिव पदमा रहिसकेका छन् ।

0 comments: