Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

10 Nov 2011

नाम्चीको सोलोफोकमा नवनिर्मित तीर्थस्थल चार-धामको उद्घाटन समारोहमा आएका जगतगुरु शंकराचर्यले बुधबार नाम्चीमा आफ्ना श्रद्दालुहरुलाई प्रवचन प्रदान गरे ।


कालेबुङ 10 नोभेम्बर(युवाङ्गम)
नाम्ची भाइचुङ स्टेडियममा आयोजित एउटा धार्मिक अनुष्ठानमा जगतगुरु शंकराचार्यले प्रवचन दिएका यस अवसरमा रज्यका मुख्यमंत्री डा पवन कुमार चामलिङ विशेष रुपले उपस्थित थिए। मुख्यमंत्री चामलिङले जगतगुरुलाई गेरुवा वस्त्र ओडाएर आफ्नो श्रद्दा प्रकट गरेका थिए ।शंकराचार्यको प्रवचन र आशिर्वाद ग्रहण गर्न नाम्चीमा त्यस दिन हजारौको संख्यामा श्रद्दालुहरुको उपस्थिति थियो। मंगलबार सिलोफोकमा उद्घाटन गरिएको चारधामको उद्घाटन समारोहमा भाग लिन शंकराचार्य सिक्किम आएका थिए । उनले सोलोफोकमा नवनिर्मित चारधामका देवी देवताहरुको  प्रतिमा प्रण-प्रतिष्ठा स्थापित गरेपछि राज्यका मुख्यमंत्री पवन चामलिङले यसको औपचारिक उदघाटन गरेका थिए । मंगलबार देखि तीर्थ-प्र्यटकहरुको निम्ति चारधाम सार्वजनिक गरिएको छ। 

0 comments: