Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

8 Nov 2011

नगरपालीका चुनावको आजदेखि चुनाव आचार संहिता लागु - मोर्चाको चुनावी कसरत तिब्र गतिमा


कालेबुंग/डी० के० वाइबा -आगमी दिसम्बर महिनामा सम्पन्न हुने नगरपालीका चुनावको आजदेखि चुनाव आचार संहिता लागु भएको महकुमा अधिकारी एल० एन० शेर्पाले जानकारी दिए | आजदेखि चुनाव आचार संहिता लागु भएको कारण अबो 
प्रान्त कुनै पनि नयाँ बिकाशका योजनाहरु शुरु गर्न नपाउने पनि तिनले जानकारी दिए | कुनै पनि नयाँ बिकासका योजनाहरु शुरु गर्न नपाएपनि बिगतका दिनहरु देखि भैरहेको कार्यहरु भने सुचारु रहने पनि महकुमा अधिकारी शेर्पाले बताए | तिनले नगरपालिका चुनाव शान्तिपूर्वक हुने कुरामा आशावादी रहेको बताउदै चुनाव शान्तिपूर्वक होस् भनेर अगावै सर्वदलीय बैठक गरेर सम्पूर्ण राजनैतिक पार्टीहरुलाई जानकारी गराएको पनि तिनले बताए | 


नगरपालिका चुनावको निम्ति आज देखि आचार संहिता लागु भैसकेको छ भने नामांकन पत्र भर्ने कार्य पनि शुरु भएको छ | चुनावको निम्ति अहिले पहाडको शक्तिशाली दल मानिएको गोजमुमोले चुनावी कसरतलाई तिब्र गतिमा अघि बढाईरहेको छ भने अन्य राजनैतिक दलहरुले भने कुनै कार्य शुरु गरेको  छैन | मोर्चाले चुनावी कसरत अगावै शुरु गरेतापनि आज नामांकन पत्र भर्ने प्रथम दिन भने नामांकन पत्र कसैले पनि लिएनन् | यस अतिरिक्त निर्दलीय प्राथीको रुपमा पनि कसैले नामांकन पत्र लिएनन् | कालेबुंग नगरपालीका चुनावको निम्ति नामांकन पत्र भर्ने आज प्रथम दिन मोर्चा लगायत अन्य राजनैतिक पार्टिका नेताहरु महकुमा कार्यलय नपुगे पनि माकपा नेता तारा सुन्दासले भने नामांकन पत्र लिएका छन् | सुन्दासले आज महकुमा कार्यलयबाट नामांकन पत्र लिए पछि पत्रकारहरुलाई सम्बोधन गर्दै आगमी ११ नोवेम्बरको दिन नामांकन पत्र जम्मा गर्ने जानकारी दिए | तिनको यस भन्दा अघिका नगरपालीका चुनावहरुमा प्रतिद्वन्दी गरिसकेका छन्  भने दुई चोटि विजय समेत भइसकेका छन् | संन्  १९८६ मा कालेबुंग कलेजमा छात्र संगठनबाट चुनाव लडेर सह सचिव बन्ने सुन्दास पहिलो चोटि नगरपालिका चुनावमा उठेर विजय बनेका थिए | त्यसपछि दार्जीलिंगमा हिंसात्मक आन्दोलन शुरु भएर अशान्त बन्दा पनि तिनले राजिनामा समेत दिएन | फलस्वरुप पछि नगरपालिकाको अध्यक्ष साथै सन्  १९९० -९४ सम्म नगर शासक पनि भएका थिए  | त्यसपछि सन्  १९९९ मा भएको चुनावमा पनि सुन्दास विजय बनेका थिए | यस पल्ट हुने चुनावमा पनि तिनले वार्ड नम्बर १० बाट प्रतिद्वन्दी गर्ने भएको छ |

0 comments: