Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

10 Nov 2011

अब पुस्तकालय निमार्णको बिषयमाथी कलेज सञ्चालन समितिले निर्णय लिने - प्राचार्य डकाल


कालेबुङ 10 नोभेम्बर ( युवासङ्गम ): गत केही दिन अघि गारजेन्स फोरम फर एडुकेशनका तारा सुन्दाशले कालेबुङ महाविधालयमा निमार्ण हुन गइरहेको पुस्तकालय भवानको विषय लिएर महाविधालय पक्षा प्रती विभिन्न प्रकारको आरोपहरु लगाएका थिए । सुन्दाशले महाविधालयलाई लगाएको आरोपहरु आधारहिन रहेको आज कालेबुङ सरकारी महाविधालयका शिर्ष अधिकारीहरुले जनाएका छन् ।
एउटा व्यक्तिले महाविधालय प्रति लगाएको आरोप लाई आफुहरुले गम्भीर्तापुर्ण  नलिने बताउँदै प्राचार्या आर पी डकालले कलेजको पुस्तकालय निमार्ण बिषयलाई कलेज सञ्चालन समितिमा राखंने बताए । प्राचार्या डकालले आफुहरुकोमा पुस्तकालया निमार्णको निम्ति अघिबाटै आधिकारीक सुचन आइसकेको तर महाविधालयको शितकालीन छुटी भएकोले गर्दा निमार्ण कार्यामा दिल्याइ भएको जनाए । यस पुस्तकालय निमार्णको निम्ति कलेजको भवान निमार्ण समिति , विध्यार्थी युनियन . लगायत शिक्षक शिक्षीकाहरु समेतलाई अवगत गराएको प्राचार्या डकालले बताए । अब कलेजको पुस्तकालय निर्माण बिषयमाथी कलेज सञ्चालन समितिले नै निर्णय लिने डकालले पुष्ठी गरेका छन्। बिगत वर्षको अन्त तिर बंगाल सरकारले कलेजको पुस्तकालय निमार्णको निम्ति 42 लाख रुपिया प्रदान गरेको जनाउँदै कालेबुङ सरकारी महाविधलयका कार्यलय अधिकारी बी बी शर्माले कलेज शितकालीन बिदाको कारण बन्द भएको कारण आफुहरुले उक्त राशी ब्याङ्कमा राखनु परेको बताए। कलेजले कलेज सञ्चान समितिको सहल्ला अनुरुप नै उक्त राशी कलेजको एकाउंटमा राखेको अवगत गराए ।
आगमी 12 तारिक कालेबुङ महाविधालयले आफ्नो स्थापनाकालको 50औ वर्षा गाँठ पुरा गर्ने छ । यसै बिषय माथी जानकारी दिने उद्देशले नै आज कालेबुङ कलेजले एउटा प्रत्रकार सम्मेलनको आयोजना गरेको थियो । कलेजको स्टाफ रुममा सम्पन्न भएको उक्त प्रत्रकार सम्मेलनमा राजनीतिक विज्ञान विभागका एम एन भटचार्य नेपाली विभागका शुधा गुरुङ अर्थाशास्त्र विभागका डा डी सी रोइ आदि पनि उपस्थित थिए। प्रत्रकार सम्मेलनमा उपस्थित शिक्षक शिक्षीकाहरुले भने विध्यार्थीहरुको शिक्षा प्रणाली माथी धेरैवाट स्मस्याहरु उठीरहेको बताएका छन्। 

0 comments: