Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

8 Nov 2011

चुनाव नामांकन प्रारम्भ- तारा सुन्दासले नामांकन पत्र भर्ने


डी के वाइबा, कालिमन्युज, कालेबुङ, ८ नोभेम्बर। -आजदेखि आगामी दिसम्बर महिनामा सम्पन्न हुने नगरपालिका चुनावको चुनाव आचार संहिता लागु भएको कालेबुङ महकुमा अधिकारी एल एन शेर्पाले जानकारी दिए|आजदेखि नै चुनाव आचार संहिता लागु भएको कारण अबोप्रान्त कुनै पनि नयाँ विकाशका योजनाहरु शुरु गर्न नपाउने पनि तिनले जानकारी दिए| कुनै पनि नयाँ विकासका योजनाहरु शुरु गर्न नपाएपनि बिगतका दिनहरुदेखि भैरहेका कार्यहरु भने सुचारु रुपले चल्ने पनि महकुमा अधिकारी शेर्पाले बताए|नगरपालिका चुनाव शान्तिपूर्वक हुने कुरामा आफु आशावादी रहेको बताउदै चुनाव शान्तिपूर्वक होस् भनेर तिनले अगावै सर्वदलीय बैठक गरेर सम्पूर्ण राजनैतिक पार्टीहरुलाई जानकारी गराएको पनि तिनले जनाए|
नगरपालिका चुनावको निम्ति आज देखि आचार संहिता लागु भैसकेको छ भने नामांकन पत्र भर्ने कार्य पनि शुरु भएको छ| चुनावको निम्ति अहिले पहाडको शक्तिशाली दल मानिएको गोजमुमोले चुनावी कसरतलाई तिब्र गतिमा अघि बढाईरहेको छ भने अन्य राजनैतिक दलहरुले भने कुनै कार्य शुरु गरेको छैन| मोर्चाले चुनावी कसरत अगावै शुरु गरेतापनि आज नामांकन पत्र भर्ने प्रथम दिन भने अन्य राजनैतिक पार्टिका नेताहरु महकुमा कार्यलय नपुगे पनि माकपा नेता तारा सुन्दासले भने नामांकन पत्र लिएका छन्|
सुन्दासले आज महकुमा कार्यालयबाट् नामांकन पत्र लिए पछि पत्रकारहरुलाई सम्बोधन गर्दै आगामी ११ नोभेम्बरको दिन नामांकन पत्र जम्मा गर्ने जानकारी दिए|तिनले यस भन्दा अघिका नगरपालिका चुनावहरुमा प्रतिद्वन्दीता गरिसकेका छन् भने दुई चोटि विजय समेत भइसकेका छन्|संन् १९८६ मा कालेबुङ कलेजमा छात्र संगठनबाट चुनाव लडेर सह सचिव बन्ने सुन्दास पहिलो चोटि नगरपालिका चुनावमा उठेर विजय बनेका थिए|त्यसपछि दार्जीलिंगमा हिंसात्मक आन्दोलन शुरु भएर अशान्त बन्दा पनि तिनले राजिनामा समेत दिएनन| फलस्वरुप पछि नगरपालिकाको अध्यक्ष साथै सन् १९९०-१९९४ सम्म नगर शासक पनि भएका थिए| त्यसपछि सन् १९९९ मा भएको चुनावमा पनि सुन्दास विजय बनेका थिए| यस पल्ट हुने चुनावमा पनि तिनले वार्ड नम्बर १० बाट नै प्रतिद्वन्दीत गर्ने भएका छन

0 comments: