Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

12 Nov 2011

छुट्टै राज्य गोर्खाल्यण्ड्को निम्ति दलीय एकता जुटाउन प्रयासरत रहेको भारतीय गोर्खा परीसंघ


कालेबुंग 12 नोभेम्बेर : डी के वाइबा- छुट्टै राज्य गोर्खाल्यण्ड्को निम्ति दलीय एकता जुटाउन प्रयासरत रहेको भारतीय गोर्खा परीसंघ (भागोप) लाइ केही हद्सम्म सफलता हात लागेको छ.। आज भागोपको आयोजनामा कालेबुंग्मा सर्बदलीय बैठक राखिएको थियो। बिगतका दिनहरुदेखिनै दलीय एकता जुटाउन प्रयासरत रहेको भागोपले छुट्टै राज्य गोर्खाल्याण्ड केवल सम्पुर्ण राजनैतिक दलहरु एक भए मात्र सम्भव हुने कुरा गर्दै आइरहेका थिए। दलीय एकताको कुरा अघिदेखिनै गर्दै आइरहेको भए पनि कुनै पनि दलहरु एउटा मंचमा आउन सकेको थिएन। यसपल्ट भने भागोपको प्रयास केहि हद्सम्म सफल भएको छ.। आज डाकिएको सर्व दलिय बैठकमा क्रामाकपा, कंग्रेस, गोरानिमो, अभागोली अनि बिभिन्न गैर राजनैतिक स्ंस्थाका प्रतिनिधिहरु उपस्थित रहेका थिए। बैठक्मा गोर्खाल्याण्ड गठन गर्नको निम्ति सम्पुर्ण राजनैतिक दलहरु एक हुनु पर्ने चर्चा गरिएपछि सबैको उपस्थितिमा एउटा साझा मंच गठन गर्ने सहमति बन्न सक्यो। सबैको सहमतिमा भागोप एउटा अराजनैतिक अनि राष्ट्रीय संस्था भएको कारण भागोपलेनै गोर्खाल्याण्डको आन्दोलनलाइ अघि बडायउनु पर्ने सुझाव रखियो.। सबै दलहरुको सहमतिमा गोर्खाल्याण्ड टास्क फोर्स गठन गरेर यसलाइ भागोपले नै नेत्रीत्व गर्न पर्न पनि सहमति बन्न सक्यो.। उक्त सर्व दलिय बैठक्मा क्रामाकपा महासचिव तारामणी राइ,अभागोली महासचिव प्राताप खाति, कंग्रेस सचिव दिलीप प्रधान, गोरानिमो अध्यक्ष दावा पाख्रिन लगायत भागोपका सबै नेत्रित्व वर्ग उपस्थित रहेका थिए।

0 comments: